२०८३, आश्विन १ गते

Sep 17 2026

डोजर आतङ्क विरुद्ध माइतीघरमा सुकुमबासीको प्रदर्शन

डोजर आतङ्क विरुद्ध माइतीघरमा सुकुमबासीको प्रदर्शन

रोज नेपाल
बिहिवार, बैशाख ३१ २०८३
रोज नेपाल
बिहिवार, बैशाख ३१ २०८३
  • काठमाडौँ । अखिल नेपाल सुकुमबासी सङ्घ र संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले देशका विभिन्न स्थानमा भइरहेको डोजर आतङ्क र संस्थागत हत्याको विरुद्धमा राजधानीको माइतीघर मण्डलामा खबरदारी कार्यक्रम आयोजना गरेका छन्। 
    सुकुमबासी बस्तीहरूमा बिना विकल्प डोजर चलाइएको र राज्यले सुकुमबासीहरूमाथि दमन गरेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।

    प्रदर्शनमा सहभागीहरूले सुकुमबासीका मुद्दालाई सम्बोधन गर्नुको साटो सरकार र स्थानीय प्रशासनले बल प्रयोग गरेर उनीहरूलाई विस्थापित गर्न खोजेको आरोप लगाएका छन्। उनीहरूले यस्तो कार्यलाई संस्थागत हत्याको संज्ञा दिँदै तत्काल डोजर आतङ्क बन्द गर्न र आफूहरूको जिउधनको सुरक्षा गर्न माग गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij