२०८३, आश्विन १ गते

Sep 17 2026

तस्करीमा संलग्न भएको पाइए ठाउँको ठाउँ कारबाही-प्रहरी महानिरीक्षक कार्की

तस्करीमा संलग्न भएको पाइए ठाउँको ठाउँ कारबाही-प्रहरी महानिरीक्षक कार्की

रोज नेपाल
बिहिवार, बैशाख ३१ २०८३
रोज नेपाल
बिहिवार, बैशाख ३१ २०८३
  • काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सीमा नाकामा बसेर तस्करी गर्नेलाई सहयोग गर्ने प्रहरीहरुलाई ठाउँको ठाउँ कारबाही गर्ने चेतावनी दिएका छ्न्। ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा सम्बोधन गर्दै कार्कीले विगतमा जस्तो यो पटक छुट नहुने बताए।  

    पहिला जस्तो केही नहुने ठानेर नाकामा बस्ने प्रहरीहरुले तस्करीमा सहयोग गरेको भेट्ने बित्तिकै संलग्न प्रहरीमाथि टिकट काटेर कारबाही सुरु गरिने कार्कीको भनाइ छ।

    अहिले पहिला जस्तै तस्करी गर्न नपाएकोहरुले प्रहरीको विरुद्धमा लागेर बदनाम गराउने खोजेको अवस्था रहेको बताउँदै महानिरीक्षक कार्कीले अहिलेको अवस्थामा सीमा नाकामा बसेका प्रहरीहरु स्वार्थमा लागेर चुक्यो भने प्रहरी संगठनै बदनाम हुने भएकोले प्रहरी सतर्क हुनु पर्ने बताए ।  

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij