२०८३, आश्विन १ गते

Sep 17 2026

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

रोज नेपाल
बिहिवार, बैशाख ३१ २०८३
रोज नेपाल
बिहिवार, बैशाख ३१ २०८३
  • काठमाडौं । राष्ट्रिय सभाले आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।

    राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. वाग्लेले नीति तथा कार्यक्रममाथि केन्द्रित रहेर उठेका जिज्ञासामाथि प्रस्ट पारेका थिए। उनले सरकारको कार्यदिशा सुशासन र आर्थिक समृद्धितर्फ लक्षित रहेको दाबी गरे।

    नीति तथा कार्यक्रममाथि सदस्यहरूले राखेका संशोधन प्रस्तावहरूलाई बैठकले निर्णयार्थ प्रस्तुत गर्दा ती प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। तर, बैठकमा नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिएकोमा बहुमतले पारित गरिएको छ।

    नीति तथा कार्यक्रम पारित भएसँगै अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षका लागि ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता’ पेस गरेका थिए।


     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij