२०८३, आश्विन १ गते

Sep 17 2026

पाँचथरको निजी विद्यालयमा शिक्षिकाद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट, अस्पतालमा उपचार हुँदै

पाँचथरको निजी विद्यालयमा शिक्षिकाद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट, अस्पतालमा उपचार हुँदै

रोज नेपाल
शनिवार, जेठ २ २०८३
रोज नेपाल
शनिवार, जेठ २ २०८३
  • पाँचथर ।  फिदिम नगरपालिका–१४ लुङरुपास्थित लुङरुपा एकेडेमी बोर्डिङ स्कुलमा अध्ययनरत एल.के.जी.का ५ वर्षीय बालक शेसेफुङ नेम्वाङमाथि शिक्षिकाले कुटपिट गरेका छन्।

    कक्षा अवधिमा ‘१ र २’ भन्न नसकेको भन्दै शिक्षिकाले निर्घात कुटपिट गरेको र सो घटनापछि बालकको शरीरमा निलडाम देखिएको परिवारले जनाएको छ। कुटपिटबाट घाइते बालकलाई हाल गणेशमान सामुदायिक अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।

    विद्यालयका प्रिन्सिपल जसराज राईका अनुसार घटनामा संलग्न शिक्षिका सुमित्रा सेन्दाङ लिम्बूलाई विद्यालयबाट निष्काशन गरिएको छ। उनले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

    घटनापछि स्थानीय अभिभावक तथा सरोकारवालाले बालबालिकामाथि हुने शारीरिक दण्ड पूर्ण रूपमा रोक्नुपर्ने माग गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न आग्रह गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij