२०८३, कार्तिक २० गते

Nov 05 2026

प्रधानमन्त्री कार्यालयको नाममा सचिवलाई धम्की दिने प्रकाश खड्का काठमाडौंबाट पक्राउ

प्रधानमन्त्री कार्यालयको नाममा सचिवलाई धम्की दिने प्रकाश खड्का काठमाडौंबाट पक्राउ

रोज नेपाल
शनिवार, जेठ २ २०८३
रोज नेपाल
शनिवार, जेठ २ २०८३
  • काठमाडौं । दैलेखको दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई धम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले खड्कालाई पक्राउ गरेको हो ।

    सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ वीरेन्द्रचोक टोल घर भई जिल्ला काठमाडौं, शंखमुल बस्ने २२ वर्षीय खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

    खड्काले वडा सचिव भण्डारीलाई प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्क्याएको अडियो  सार्वजनिक हुनासाथ प्रधानमन्त्री कार्यालयले खड्कालाई तत्काल कानुनको दायरामा ल्याई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij