काठमाडौं । नेपाली चलचित्र ‘गौरीशंकर’ सार्वजनिक गरिएको छ । आर.बी. खत्री (शरद) को लेखन, निर्माण तथा निर्देशन रहेको उक्त चलचित्र आईतबार काठमाडौंको चावहिलस्थित के.एल टावरमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।
ननस्टप त्रिएसन प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको चलचित्रमा धार्मिक, सांस्कृतिक तथा प्रेमभाव मिसिएको कथावस्तु प्रस्तुत गरिएको निर्माण टिमले जनाएको छ । कार्यक्रममा चलचित्रको पोस्टर, कलाकार तथा प्राविधिक टिम परिचय गराइएको थियो ।
चलचित्रकी मुख्य नायीका शोभा राणा पोखरेलका अनुसार फिल्मले नेपाली समाज संस्कार भाषा धर्म संस्कृति समाजवमा केही सकारात्मक सन्देश जाओस भन्ने हेतुले तयार पारिएको बताएकी छन् ।
अहिलेको पुस्तालाई यस्ता कुराको खाँचो छ सवै कुरा पैसा होइन जिवनलाई कसरी सरल र सहज बनाउने घाँटी अनुसार हाड निल्ने भन्ने सन्देश भएकोले देश विदेशमा सवैले हेरेर यसबाट फाईदा लिन समेत अनुरोध गरेकी छन् ।
प्रोफेसर रिम हुमागाईका अनुसार पश्चिमी संस्कृतिले जरा गाडेको सन्दर्भमा हाम्रा सन्ततिहरुलाई सन्देश दिने गरी निर्माण भएको यस चलचित्रलाई सवैले हेरेर फाईदा लिन अनुरोध गरेका छन् । उनले भनेका छन् यस्ले धर्म संस्कार संस्कति सहि समाजकि चेतना समेत पस्केको छ ।
सम्पति कमाउने नामा गैर कानूनि कृयाकलाप गर्नुहुन्न क्षणि सुख देखिएपनि त्यसको अन्त्य दुखद हुन्छ भन्ने सन्देश यस चलचित्रले दिएको छ ।
चलचित्रका लेखक निर्देशक समेत रहेका आरवी खत्रीले धनले भन्दा पनि मनले बनाएको चलचित्र भएको भन्दै आम नेपालीहरुलाई यसलाई हेरेर प्रतिकृया दिन अनुरोध गरेका छन् ।
शिवत्वमा जिउने कि जिवत्वमा भन्ने सनातन संस्कृतिको परम्परालाई गौरीशंकरमा पस्कन खोजिएको छ । विकृति विसंगित विरुध्द पनि सन्देश दिने प्रयास भएको छ यस फिल्मले प्रत्येक सिनमा शिक्षा दिन्छ उनले भने । संगत,संस्कार र शिक्षाको कारण मान्छे कस्तो हुने र के बन्ने भन्ने कुराको सन्देश समेत चलचित्रमार्फत दिन खोजेको छ खत्रीले भने ।