२०८३, आश्विन १ गते

Sep 17 2026

गुटबन्दी र अनुशासन उल्लङ्घनको आरोपपछि अशोक सुवेदी पदमुक्त

गुटबन्दी र अनुशासन उल्लङ्घनको आरोपपछि अशोक सुवेदी पदमुक्त

सोमवार, जेठ ४ २०८३
सोमवार, जेठ ४ २०८३
  • काठमाडौं । समाजवादी कम्युनिष्ट पार्टी नेपाल ले स्थायी समिति सदस्य अशोक प्रसाद सुवेदीलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको जनाएको छ । पार्टी अध्यक्ष स्पूर्णबहादुर सिंह समरजङ्ग नेतृत्वको पार्टीले सुवेदीमाथि अनुशासन उल्लङ्घन, गुटबन्दी तथा पार्टीविरोधी गतिविधि गरेको निष्कर्ष निकाल्दै कारबाही गरेको हो ।

    पार्टीका कार्यालय सचिव शालीन द्वारा जारी विज्ञप्तिअनुसार पार्टीले लामो समयदेखि सुवेदीलाई सचेत गराउँदै आएको थियो । तर, पटक–पटकको छलफल र आग्रहलाई बेवास्ता गर्दै उनले पार्टीभित्र असन्तुष्टि फैलाउने, गुटबन्दी गर्ने तथा अनुशासनहीन गतिविधि निरन्तर गरिरहेको आरोप लगाइएको छ ।

    विज्ञप्तिमा पार्टी निर्माण र आन्दोलनमा सुवेदीले सुरुआती चरणमा योगदान दिएको स्वीकार गरिएको छ । तर पछिल्लो समय उनी पार्टी काममा निष्क्रिय बन्दै गएको, आफ्ना कमजोरीलाई ढाकछोप गर्न वैचारिक असहमतिको आवरण प्रयोग गरेको र पार्टीको निर्णय तथा विधिलाई चुनौती दिएको उल्लेख गरिएको छ ।

    पार्टीले ‘नयाँ विचार पाठशाला’ अवधारणाअन्तर्गत अघि सारिएका दस्तावेजमाथि सुवेदीले असहमति जनाए पनि उनको मतलाई सम्मान गर्दै समाधान खोज्ने प्रयास गरिएको जनाएको छ । तर त्यसपछि पनि गतिविधि नसच्याएपछि अन्ततः विधानको धारा ७३ (१) अनुसार जिम्मेवारीबाट हटाउने निर्णय लिनुपरेको पार्टीको भनाइ छ ।

    पार्टीले सुवेदीलाई सुधार गर्न धेरै प्रयास र लगानी गरेको दाबी गर्दै, अन्ततः पार्टीको अनुशासन र एकतालाई जोगाउन कारबाही आवश्यक भएको स्पष्ट पारेको छ ।

    IMG-20260518-WA0003.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij