२०८३, आश्विन २ गते

Sep 18 2026

आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

रोज नेपाल
मंगलवार, जेठ ५ २०८३
रोज नेपाल
मंगलवार, जेठ ५ २०८३
  • काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका तराई तथा बाकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो  कोशी प्रदेशलगायत बाँकी  हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश लगायत बागमती र गण्डकी  प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ । 

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा र हिमपात सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई  भूभागमा तातो दिन हुने सम्भावना रहेको छ।

    आज राति  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij