काठमाडौँ | आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर दुई लाख ९५ हजार तीन सय रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेर पाँच हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी पाँच हजार ४० रुपैयाँमा कारोबार भएको थियो।
