२०८३, आश्विन २ गते

Sep 18 2026

एक बेपत्ता महिला मृत फेला

एक बेपत्ता महिला मृत फेला

रोज नेपाल
मंगलवार, जेठ ५ २०८३
रोज नेपाल
मंगलवार, जेठ ५ २०८३
  • बाजुरा ।बाजुराको जगन्नाथ गाउँपालिका ५ गोत्री बस्ने सकस बहादुर शाहीकी अन्दाजी ३५ वर्षकी लाल चना बुढा शाही बेपत्ता भएको करिब १० दिन पछि मृत अवस्थमा भेटिएकी छिन् ।

     २०८३ वैशाख २६ गते श्रीमान् सँग झै झगडा भई घर बाट माइतीघर जान्छु भनी गएकी शाही माइतीघर पनि नगई बेपत्ता भएकी थिइन् । आफन्त छर छिमेकमा खोजि कार्य गर्दा फेला नपरेपछि उनका दाइ नर बहादुर बुढाले हुलिया सहित प्रहरीलाई निवेदन दिएका थिए ।

    प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा आज मंगलबार बिहान कालिकोटको त्रिवेणी गाउँपालिका २ आमतडा स्थित कर्णाली नदिको किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताए ।

    नरेशका अनुसार, अहिले घटनास्थलमा प्रहरी चौकी सान्नी कालिकोटबाट प्रहरी टोली खटिएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij