२०८३, आश्विन २ गते

Sep 18 2026

‘हरिबहादुरको जुत्ता’ को गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक

‘हरिबहादुरको जुत्ता’ को गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक

सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • काठमाडौं । हरिवंश आचार्यको शीर्ष भूमिका रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत युट्युबमा सार्वजनिक भएको छ ।

    ‘ढाका टोपी शिरैमा’ बोलको गीतमा दीपक शर्माको संगीत, धनबहादुर कार्कीको शब्द, आशिष अविरल र मेलिना राईको स्वर छ । गीतमा हरिवंशसहित प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर्ड छन् ।



    गीत सार्वजनिक गर्नुपूर्व हरिवंश, प्रकाश र स्वस्तिमा सामाजिक संजालमा लाइभ आएका थिए, जहाँ हरिवंशले आफ्नो आइकोनिक पात्र ‘हरिबहादुर’को चर्चा गरे ।

    ५२ एपिसोडको ‘हरिबहादुर मदनबहादुर’ सिरिजको हरिबहादुर पात्रलाई फिल्ममा ढाल्ने कुरा सुरुमा डाउटफुल लागेपनि अन्य प्रक्रियामा हेर्दाखेरी सिनेमालाई सुहाउने क्यारेक्टर बनेको हरिवंशले बताए ।

    ‘यो क्यारेक्टर बच्चालाई निकै मनपर्नेछ’ हरिवंशले भने ।

    अभिनेत्री स्वस्तिमा खड्काले हरिबहादुर र मदनबहादुर सिरियल हेरेका दर्शकलाई ‘हरिबहादुरको जुत्ता’ मनपर्ने बताइन् । ‘दर्शकको रुपमा हेर्दा पनि मैले यसलाई अझै इन्जोय गर्थें होला’ उनले सुनाइन् ।

    गायक तथा अभिनेता सपुतले आफूले सानैदेखि मह-सिरिज हेर्दै आएको बताए । ‘हाम्रो समयमा रमाइलो भनेकै मह-सिरिज थियो । मैले पनि सानैदेखि मह सिरिज हेर्दै हुुर्किएको हुँ । हामीले हात धुन पनि मह सिरिज हेरेर सिक्यौं’ उनले भने ।

    यो फिल्ममा प्रियंका कार्की, दिव्यदेव पन्त, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणी नेपालको पनि अभिनय छ । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् ।

    कृष्ण थापाको छायांकन रहेको फिल्ममा सम्पादन नहकुल खड्काको छ । ‘हरिबहादुरको जुत्ता’ असोज १३ गते दशैंको फूलपातीदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

    https://youtu.be/XXfW4R0AWHQ

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij