२०८३, आश्विन २ गते

Sep 18 2026

सभामुखलाई हर्क साम्पाङको जवाफ: सरकार जनताप्रति जबाफदेही छैन

सभामुखलाई हर्क साम्पाङको जवाफ: सरकार जनताप्रति जबाफदेही छैन

रोज नेपाल
बुधवार, जेठ ६ २०८३
रोज नेपाल
बुधवार, जेठ ६ २०८३
  • काठमाडौं । प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीलाई सभामुखको रुलिङ गरेसँगै हकै साम्पाङले जनताप्रति सरकार जबाफदेही नभएको बताएका छन् । 

    सभामुख समक्ष साम्पाङले नियम १५ को २ पनि पालना गरे आफू विरोधमा नजाने बताएका छन् । उनले आफ्ना प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले नै दिनुपर्ने बताएका छन् ।

    उनले भने ,‘ हामीले बारम्बार प्रश्न उठाएका छौ , हामीले आफ्ना प्रश्न नभएर जनताको प्रश्न सम्बन्धित सरकारका मन्त्रीलाई सोध्न चाहेका छौं । हामीले सिमानाका कुरा देखी , महँगी नियन्त्रण र सहकारी पीडितलाई फिर्ता गर्दै गरेको पैसाको स्रोत के हो ? कहाबाट फिर्ता गर्दै छौ ? भन्न प्रश्न गर्न चाहेका छौं ।’ 

    उनले सुकुम्वासीसँग सम्बन्धित प्रश्न पनि गर्न चाहेको तर सम्बन्धित मन्त्री संसद्मा नआएको उनको गुनासो गरेँ ।   उनले मन्त्रीहरू नीति तथा कार्यक्रममा मात्रै नभएर छलफलमा समेत नआएको र प्रश्न उत्तरमा पनि मन्त्री नआएको भन्दै नियम १५ को उपनियम २ लागु नभएको बताए । उनले जनताप्रति सरकार जबाफदेही हुनुपर्ने बताएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij