२०८३, आश्विन १ गते

Sep 17 2026

ॐसमाज डेण्टल हस्पिटलको पाचौँ शाखा अब चापागाउँ दोबाटो ललितपुरमा

ॐसमाज डेण्टल हस्पिटलको पाचौँ शाखा अब चापागाउँ दोबाटो ललितपुरमा

सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • काठमाडौं । ललितपुरको चापागाउँ दोबाटोमा सोमबार ॐ समाज डेण्टल हस्पिटलको पाँचौँ शाखा सञ्चालनमा आएको छ। यसअघि काठमाडौंको चावेल, नैकाप, बनस्थली र महोत्तरीको बर्दिबासमा सेवा दिँदै आएको अस्पतालले अब ललितपुरका बासिन्दालाई पनि सहज र भरपर्दो दन्त स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ ।
    कार्यक्रमॐ समाज डेण्टल हस्पिटल संस्थापक वरिष्ठ दन्त रोग विशेषज्ञ डा. सुवास घिमिरेको सभापतित्व तथा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
    सम्पूर्ण कार्यक्रम सामाजिक अभियन्ता तथा समाजसेवी पत्रकार राजन थापा र बोर्ड सदस्यहरूको संयुक्त संयोजनमा सम्पन्न भएको थियो ।
    उद्घाटन समारोहमा सर्वसाधारणका लागि निःशुल्क दन्त परीक्षण र परामर्श सेवा प्रदान गरिएको थियो । 
    कार्यक्रममा सामाजिक अभियन्ता गोपि कार्की , मानवसेवा आश्रमका फाउण्डर कल्पना चापागाई,मन्जुश्री असाहय संरक्षणका अध्यक्ष मिना बस्नेत,रोल्पाली चेली फाउण्डेशनकी अध्यक्ष यमुना के.सी.,राष्ट्रिय महिलामन्चका केन्द्रीय अध्यक्ष तथा गोदावरी खोला क्षेत्र सरसफाइ अभियानकी संयोजक बेबी राजभण्डारी लगायत सामाजिक अभियन्ताहरुलाई सम्मान गरिएको थियो । 
    यस अवसरमा अस्पतालले सामाजिक अभियानता तथा सञ्चारकर्मीहरूलाई सम्मान गरेको थियो । आयोजकले पत्रकारलाई सम्मान गर्नुको उद्देश्य समाजमा सकारात्मक सन्देश र जनचेतना फैलाउने कार्यलाई प्रोत्साहित गर्नु रहेको बताएको थियो । पत्रकारहरूले स्वास्थ्य, शिक्षा र समाजका विभिन्न क्षेत्रमा जनचेतना फैलाउने काम गर्दै आएका छन् ।
    सम्मानित हुने मिडियाकर्मी हरुमा डि.बि.पराजुली,राम बहादुर सिंह,सरस्वती काफ्ले,राजकुमार हुँमागाई,जयराम बिडारी,नन्दलाल खरेल,शान्तिदीप रेग्मी,धनेश सार्की,शन्तोष पन्त,दिनेश कार्की,दिनेश लामिछाने,अमी कट्टेल,सम्झना प्रधान,शन्तोष तिवारी, सानुकाजी थापा,ढक बहादुर श्रेष्ठ,अनन्त के.सी.,सुजन बुढाथोकी हुनुहुन्थ्यो । 
    अस्पतालका वरिष्ठ दन्त रोग विशेषज्ञ डा. सुवास घिमिरेले दन्त स्वास्थ्यलाई शरीरको समग्र स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयको रूपमा प्रस्तुत गर्दै भन्नुभयो, “दाँत सफा भए मात्र सोच र जीवनशैली पनि सफा रहन्छ । दन्त स्वास्थ्यलाई सामान्य विषय भनेर उपेक्षा गर्न मिल्दैन।” 
    कार्यक्रमका प्रमुख अतिथि मोहन निरौलाले ॐ समाज डेण्टल हस्पिटलले आधुनिक प्रविधि र दक्ष जनशक्तिको माध्यमबाट प्रभावकारी सेवा दिँदै आएको उल्लेख गर्दै, स्वास्थ्य सेवा र समुदायसँगको सम्बन्धलाई मजबुत बनाउने यस प्रकारका पहलहरू समाजका लागि उदाहरणीय भएको टिप्पणी गर्नुभयो ।
    कार्यक्रमको अवसरमा बिशेषज्ञ डाक्टरहरु र अत्यावश्यक प्रविधि सहितको सुलभ र भरपर्दो स्वास्थ्य सेवाका दिदै आएको सो हस्पिटल सबैका लागि सधैका लागी खुल्ला रहने अस्पतालका डा.सुवास घिमिरेले बताउनु भयो । डा. घिमिरे भन्नुहुन्छ “मान्छेमा समाजमा कथा बनाउने र कथा बाचन गर्ने शैलि हुन्छन र ति जिवन र जगतका निम्ति प्रयोग गर्न सक्नु नै महत्त्वपूर्ण कुरा हो । तालि दिने र पट्काउनु अति महत्वपुरर्ण छ, यदि तालि प्राप्त भए पछि दुखि बनाउने सबै चिज समाप्त हुन्छन, अस्पताल खोल्नुको उदेश्य डाक्टर भएर होईन, विचार,सोचाई र मानव समाजलाई कसरी परिवर्तन गर्न सकिन्छ भने महत्वपुर्ण कुरा हो।”
    “हामिले यदि स्वर्ग नै राम्रो भन्न थालियो भने नेपाललाई नै स्वर्ग देख्नु पर्छ । हरेक नागरिकले मलाई जिम्मा दियका छन यो जिम्मेवारी पुरा गर्नु छ । हामि सामाजिमक रुपमा कसरी मान्छेलाई स्वस्थ बनाउन सक्छौ हरेक डाक्टरको सोचाईमा समाजलाई कसरि स्वस्थ बनाउन सकिन्छ भन्ने सोच बोकेर लाग्नु पर्छ,”जसको दात सफा उसको सोचाई पनि सफा हुनु पर्छ । 
    दात ब्रस गरेर मात्र सफा हुदैन,शरिर नै सफा हुनुपर्छ, डाक्टरले जिवन बचाउन सक्दैनन, जिवन बचाउन शरिरलाई नियन्त्रण गर्नु पर्छ र स्वस्थ शरिर बनाउनमा प्रयत्न गर्नु पर्छ ।”
    स्वस्थपुर्ण शरिरका निम्ति चार वटा महत्त्वपूर्ण बिषयहरु छन स(
    १ नियमित योग ,
    २ खानपिनमा नियन्त्रण ,
    ३, बोलिको प्रभाव,
    ४, हेरचाह
    मुख स्वस्थ भय सरिर आफै स्वस्थ हुन्छ डाक्टर घिमिरेले मन्तबयका क्रममा उक्त कुरा बताउनु भएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मोहन निरौलाले यो हस्पिटलले जन्ताको सेवामा अत्यन्तै महत्त्वपूर्ण भुमिका खेलेको कुरा ब्यक्त गर्नु भएको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij