काठमाडौँ। भारतमा पेट्रोलको मूल्य फेरि वृद्धि भएको छ। पछिल्ला १० दिनभित्रमा पेट्रोल र डिजेलको मूल्य आज तेस्रो पटक बढेको हो।
पेट्रोल ८७ पैसा र डिजेल ९१ पैसाले महँगो भएको छ । राजधानी दिल्लीमा पेट्रोल प्रतिलिटर ९९.५१ भारतीय रुपैयाँ र डिजेल प्रतिलिटर ९२.४९ भारतीय रुपैयाँ पुगेको छ ।
पेट्रोल र डिजेलको मूल्य आज बिहान ६ बजेदेखि बढेर कायममा आएको हो। आजभन्दा अघि पेट्रोल र डिजेलको मूल्य मे १६ र मे १९ मा बढेको हो।
पेट्रोल र डिजेलको मूल्य वृद्धि भएसँगै सार्वजनिक बस ट्रक टेम्पो अत्याधिक सवारी साधनहरूको भाडादर बढ्ने र यसको असर जनतामा पर्ने भारतीय सञ्चारमाध्यमले जनाएको छ।