२०८३, आश्विन १ गते

Sep 17 2026

झापामा एक कैदीबन्दीको मृत्यु

झापामा एक कैदीबन्दीको मृत्यु

रोज नेपाल
शनिवार, जेठ ९ २०८३
रोज नेपाल
शनिवार, जेठ ९ २०८३
  •  झापा । झापा जिल्लाको कारागार झापामा कैद सजाय कटाइरहेका  एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाको अनुसार ।पाँचथरको साविक नागी गाविस–९ घर भएका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको आज बिहान बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

    जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका घिमिरेलाई जेठ ७ गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि सोही रात ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएको प्रहरीले बताएको छ ।

    अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार भइरहेका बेला स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल रिफर गरिएको थियो । उपचारकै क्रममा आज बिहान ३ः४५ बजे उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

    जिल्ला अदालत झापाको फैसलाअनुसार घिमिरेले आठ वर्ष आठ महिना एक दिन कैद सजाय भुक्तान गरिसक्नुभएको थियो । मृतकको शव बिएण्डसी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij