२०८३, कार्तिक २० गते

Nov 05 2026

काठमाडौँ उपत्यकामा ट्राफिक निगरानी कडा : २४ घण्टामा १,८४१ चालक कारबाहीमा

काठमाडौँ उपत्यकामा ट्राफिक निगरानी कडा : २४ घण्टामा १,८४१ चालक कारबाहीमा

रोज नेपाल
आइतवार, जेठ १० २०८३
रोज नेपाल
आइतवार, जेठ १० २०८३
  • काठमाडौँ / काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकविरुद्ध ट्राफिक प्रहरीले निगरानी कडा बनाएको छ। पछिल्लो २४ घण्टामा गरिएको विशेष जाँच अभियानका क्रममा एक हजार ८ सय ४१ जना चालक कारबाहीमा परेका छन्।

    उक्त कारबाहीबाट चार लाख ७९ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

    ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०७ जना चालक कारबाहीमा परेका छन्। त्यसैगरी राइड सेयरिङसम्बन्धी नियम उल्लंघन गर्ने १९२, रातो बत्ती उल्लंघन गर्ने १८३, तीव्र गतिमा सवारी चलाउने १२६ तथा लेन मिच्ने ४१ जना चालकलाई पनि कारबाही गरिएको छ।

    यस्तै सडक फुटपाथ प्रयोग गर्ने ७५, अनावश्यक हर्न बजाउने १४९, एकतर्फी सडकमा सवारी चलाउने ७७ तथा अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ८९१ जना चालकलाई समेत नियन्त्रणमा लिएर कारबाही गरिएको प्रहरीले जनाएको छ।

    उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी ले ट्राफिक नियम पालना नगर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले निगरानीलाई अझ प्रभावकारी बनाइएको बताए।

    प्रहरीले मादक पदार्थ वा लागूपदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत र दण्डनीय कार्य भएकाले सचेत रहन आग्रह गरेको छ। कुनै चालकले नशाको अवस्थामा सवारी चलाएको आशंका लागेमा नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा तत्काल जानकारी दिन पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij