२०८३, कार्तिक २० गते

Nov 05 2026

बहुमत सचिवालय सदस्यहरूले मागे ओलीको राजीनामा

बहुमत सचिवालय सदस्यहरूले मागे ओलीको राजीनामा

रोज नेपाल
आइतवार, जेठ १० २०८३
रोज नेपाल
आइतवार, जेठ १० २०८३
  • काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध बहुमत देखिएको छ । शुक्रवार र शनिवारको बैठकमा सहभागी सचिवालय सदस्यहरूमध्ये ८० प्रतिशतले पार्टीको रुपान्तरण र पुनर्गठनका लागि ओलीले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका छन् ।

     एमालेको सचिवालयको आठौं बैठक आइतबार पनि  ओलीनिवास गुण्डुमा  बस्दैछ।

    ६ महिनाअघि ११ औं महाधिवेशनबाट शक्तिशाली बनेका अध्यक्ष केपी शर्मा ओली यो सचिवालय बैठकबाट संकटमा परेका छन्। १९ सदस्यीय सचिवालयमा उनी स्पष्ट अल्पमतमा छन्। १० जना सदस्यहरूले अहिलेसम्म पुनर्गठनको पक्षमा धारणा राखिसकेका छन्।

    निर्वाचनमा गम्भीर धक्का व्यहोरेको भन्दै अधिकांश सचिवालय सदस्यहरूले ओलीलाई मार्ग प्रशस्त गर्न भनेका छन्। योगेश भट्टराईलगायत केही नेताहरूले राजीनामाकै आवाज उठाएका छन्। विगतमा ओली पक्षको भनेर चिनिएका उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेललगायत नेताहरूले पार्टी पुनर्गठनमा जोड दिएका छन्।

     शुक्रवार चार उपाध्यक्ष र शनिवार महासचिव शङ्कर पोखरेलसहित तीन उपमहासचिव तथा पाँच सचिवले ओलीलाई पद त्याग गरी पार्टी बचाउन आग्रह गरेका हुन् । 

    सचिव महेश बस्नेत मात्र खुलेर ओलीको पक्षमा उभिएका छन् । बैठकमा सचिव हिक्मत कार्की, पद्मा अर्याल, राजन भट्टराईलगायतले तल्लो तहमा पार्टी चलाउन नसकिने अवस्था रहेको बताए । उनीहरूले ओलीलाई पद छाड्न  आग्रह गरेका हुन् । तर, अध्यक्ष ओलीले यी सबै प्रस्तावको प्रतिवाद गरेका छन् ।  ‘मलाई कसैले सम्झाउनु पर्दैन। यो पद मैले चुनाव जितेर पाएको हो, छोड्दिनँ,’ ओलीले बैठकमा भने ।

    शनिवार उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले भने सङ्कटको बेला नेतृत्वलाई साथ दिनुपर्ने बताएका थिए । बैठकमा अहिलेसम्म १० जनाले पुनर्गठनको पक्षमा बोलेका छन् भने उपाध्यक्ष रामबहादुर थापा ‘बादल‘ र सचिव महेश बस्नेतले खुलेर ओलीको प्रतिरक्षा गरेका छन्।

     

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij