काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलाको १ हजार ९ सय रुपैयाँले बढेर तोलाको २ लाख ९२ हजार ८ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो आइतबार सुन तोलाको २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज सोमबार चाँदी तोलाको १ सय ४० रुपैयाँले बढेर ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो आइतबार चाँदी तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।