काठमाडौं । रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले सोमबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका छन् ।
भाषा तथा सीप परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहे पनि लामो समयसम्म रोजगारदाताबाट छनोट हुन नसकेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले रोस्टरमा रहेका उम्मेदवारको नाम दुई वर्षपछि हटाइने व्यवस्था खारेज गर्न तथा म्याद थप गर्न माग गरेका छन् ।
उनीहरूले सबै प्रक्रिया पूरा गर्दा पनि कोरिया जान नपाएको भन्दै सरकार र श्रम मन्त्रालयप्रति असन्तुष्टि जनाएका थिए । प्रदर्शनका क्रममा सहभागीहरूले श्रममन्त्रीविरुद्ध नाराबाजी गर्दै आश्वासनभन्दा परिणाम दिनुपर्ने मागसमेत गरेका छन्।