२०८३, कार्तिक २० गते

Nov 05 2026

क्रियाशील सदस्यता अद्यावधिक सहज बनाउन कांग्रेसले सातै प्रदेशमा खटायो केन्द्रीय नेता

क्रियाशील सदस्यता अद्यावधिक सहज बनाउन कांग्रेसले सातै प्रदेशमा खटायो केन्द्रीय नेता

रोज नेपाल
सोमवार, जेठ ११ २०८३
रोज नेपाल
सोमवार, जेठ ११ २०८३
  • काठमाडौं ।  नेपाली कांग्रेसले १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता अद्यावधिक र व्यवस्थापन अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले देशभर अनुगमन संयन्त्र सक्रिय पार्दै सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको काम निर्धारित समयभित्र सम्पन्न गर्ने निर्णय गरेको हो ।

    पार्टी सभापति गगनकुमार थापाको उपस्थिति तथा समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई सहज र द्रुत बनाउन सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई विशेष जिम्मेवारी तोकेको छ ।

    कोशी प्रदेशमा डा. डिला संग्रौला, बागमतीमा बहादुरसिंह लामा, सुदूरपश्चिममा उदयशमशेर राणा, गण्डकीमा मुक्ताकुमारी यादव, कर्णालीमा जानकी सिंह, मधेशमा देवराज चालिसे तथा लुम्बिनीमा अमरसिंह पुनलाई जिम्मेवारी दिइएको जनाएको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij