२०८३, आश्विन १ गते

Sep 17 2026

बकर इदमा ओलीको शुभेच्छा : विविधतामाझ एकता कायम राख्न आग्रह

बकर इदमा ओलीको शुभेच्छा : विविधतामाझ एकता कायम राख्न आग्रह

रोज नेपाल
बिहिवार, जेठ १४ २०८३
रोज नेपाल
बिहिवार, जेठ १४ २०८३
  • काठमाडौं / नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री K. P. Sharma Oli ले मुस्लिम समुदायको महान् पर्व इद उल अजहा (बकर इद)को अवसरमा शुभकामना व्यक्त गरेका छन्।

    सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले बकर इदले नेपाली समाजमा प्रेम, सद्भाव, सहिष्णुता र मानवताको भावना अझ बलियो बनाओस् भन्ने कामना गरेका हुन्। उनले सबै नेपालीको सुख, समृद्धि र निरन्तर प्रगतिका लागि शुभेच्छा व्यक्त गरेका छन्।

    ओलीले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र विविध सभ्यता बोकेको मुलुक भएको उल्लेख गर्दै यही विविधताबीचको एकताले देशलाई विशेष बनाएको बताएका छन्। मन्दिर, मस्जिद, गुम्बालगायत सबै धार्मिक आस्थाका स्वरहरू एउटै समाजमा सहअस्तित्वका साथ गुञ्जिनु नेपालको पहिचान भएको उनको भनाइ छ।

    उनले नेपाली समाजमा आपसी सम्मान, सहकार्य र धार्मिक सहिष्णुताको भावना कायम रहिरहनुपर्नेमा जोड दिएका छन्। बकर इदको अवसरमा उनले मुस्लिम समुदायका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा “इद मुबारक” भन्दै शुभकामना व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij