काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।
सरकारले भाेलि शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्ष, २०८३/८४ को बजेट सार्वजननिक गर्दैछ ।
संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपूर्व आफ्नो रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक बसेकाे हाे ।
बैठकमा समसामयिक राजनीतिक अवस्था र संसदमा पार्टीले अवलम्बन गर्ने रणनीतिका बारेमा समेत छलफल हुने संसदीय दलले जनाएको छ ।