२०८३, आश्विन १ गते

Sep 17 2026

कांग्रेसको तोक्यो सात वटा उपसमितिका संयोजक

कांग्रेसको तोक्यो सात वटा उपसमितिका संयोजक

रोज नेपाल
बिहिवार, जेठ १४ २०८३
रोज नेपाल
बिहिवार, जेठ १४ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सात वटा उपसमितिका संयोजक तोकेको छ। 

    प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले सात वटा विषयगत उपसमितिका संयोजक तोकेको छ । 

    अर्थ योजना उपसमितिको संयोजकमा प्रा.डा. गोविन्दराज पोखरेल,जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजकमा रोशनी गिरी, नवयुवा भावना, मुद्दा र अन्तरपुस्ता संवाद तथा समन्वय उपसमितिको संयोजकमा मीनबहादुर भाम र अनौपचारिक क्षेत्रका श्रमिकः नीति र न्याय सम्बन्धी उपसमितिको संयोजकमा महेन्द्र यादव चयन भएका छन् ।

    बाल अधिकार उपसमितिको संयोजकमा उमंग लोहनी, सार्वजनिक सेवा प्रवाहः नीति र थिती संवाद उपसमितिको संयोजकमा गोपालप्रसाद पोख्रेल र गैर सरकारी संस्था नीति संवाद र समन्वय उपसमितिको संयोजकमा अञ्जु झा चयन भएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij