२०८३, आश्विन १ गते

Sep 17 2026

भरूवा बन्दुकसहित दुई जना पक्राउ

भरूवा बन्दुकसहित दुई जना पक्राउ

रोज नेपाल
बिहिवार, जेठ १४ २०८३
रोज नेपाल
बिहिवार, जेठ १४ २०८३
  • इलाम  । प्रहरीले इलाम नगरपालिका-११ बाट एक थान भरूवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय मदन भन्ने मेखबहादुर मगर र ५३ वर्षीय गंगाबहादुर विक रहेका छन् ।

    मेखबहादुरले भरूवा बन्दुक मर्मतको लागि गंगाबहादुरको घरमा लगेको भन्ने सूचना प्राप्त हुना साथ प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरीले उक्त बन्दुकसहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij