२०८३, कार्तिक २० गते

Nov 05 2026

शिवपुरीको भीरमा विद्युतीय कार दुर्घटना, एकको ज्यान गयो

शिवपुरीको भीरमा विद्युतीय कार दुर्घटना, एकको ज्यान गयो

रोज नेपाल
शुक्रवार, जेठ १५ २०८३
रोज नेपाल
शुक्रवार, जेठ १५ २०८३
  • नुवाकोटको शिवपुरी क्षेत्रमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेहरूको काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    छहरे–टोखा सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्ज्याङ नजिकै काठमाडौँतर्फ जाँदै गरेको बिएई ०५६९ नम्बरको विद्युतीय कार अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल भीरमा खसेको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएका सिराहा सुखीपुर नगरपालिका–२ निवासी ३५ वर्षीय सञ्जीवकुमार चौधरीलाई उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पताल लगिएको थियो । तर अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले साथमा रहेको सवारी चालक अनुमति पत्रका आधारमा उनको पहिचान गरेको जनाएको छ ।

    घटनामा सुनसरी इनरुवा नगरपालिका–५ का ४० वर्षीय उत्सव पोखरेल र काठमाडौँ महानगरपालिका–९ गौरीघाटका ४४ वर्षीय लोकेश मिश्र घाइते भएका छन् । उनीहरूको ग्राण्डी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका अनुसार दुर्घटना भएको स्थान जङ्गल क्षेत्र तथा अँध्यारो भएकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो । स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा घाइतेहरूको शीघ्र उद्धार गरी काठमाडौँ पठाइएको बताइएको छ ।

    प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij