२०८३, आश्विन १ गते

Sep 17 2026

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

रोज नेपाल
सोमवार, जेठ १८ २०८३
रोज नेपाल
सोमवार, जेठ १८ २०८३
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भई आएका दुईवटा विधेयकहरू प्रमाणीकरण गरेका छन्।

    राष्ट्रपति पौडेलले आइतबार मध्यराति नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रमाणीकरण गरेका हुन्।

    संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति भवन पठाइएका यी दुवै विधेयकहरू प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij