२०८३, आश्विन २ गते

Sep 18 2026

दुई दिने राष्ट्रिय कार्यशालाको उद्घाटन एमाले अध्यक्ष ओलीले गरे

दुई दिने राष्ट्रिय कार्यशालाको उद्घाटन एमाले अध्यक्ष ओलीले गरे

रोज नेपाल
बुधवार, जेठ २० २०८३
रोज नेपाल
बुधवार, जेठ २० २०८३
  • काठमाडौँ \  नेकपा एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला काठमाडौँमा सुरु भएको छ ।

    केन्द्रीय संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशालाको उद्घाटन गमलामा रोपिएको बिरुवामा पानी हालेर पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कार्यशाला उद्घाटन गरेका हुन् ।

    काठमाडौँको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना गरिएको राष्ट्रिय कार्यशाला ​पार्टीको सांगठनिक सुदृढीकरण र गतिशीलताका लागि आयोजना गरिएको जानकारी गराईएको छ ।

    ​कार्यशालामा सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्जहरू र पार्टीका प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू, जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू उपस्थित रहेको एमालेले बताएको  छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij