२०८३, आश्विन २ गते

Sep 18 2026

मनसुनको सक्रियता बढ्दै : कोशीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

मनसुनको सक्रियता बढ्दै : कोशीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

शनिवार, जेठ २३ २०८३
शनिवार, जेठ २३ २०८३
  • काठमाडौं । देशका विभिन्न क्षेत्रमा आज मौसममा बदली रहने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावसँगै कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी प्रणाली सक्रिय रहेको छ।

    महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य प्रदेशका केही क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने जनाइएको छ।

    कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै, अन्य प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

    उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

    आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली कायम रहने पूर्वानुमान छ। विशेषगरी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij