२०८३, आश्विन १ गते

Sep 17 2026

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल अब चीन जाने

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल अब चीन जाने

सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • काठमाडौं — भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनाल निकट भविष्यमै चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारत भ्रमण सम्पन्न गरेको केही दिनभित्रै उनी उत्तरी छिमेकी मुलुक चीनतर्फ प्रस्थान गर्ने तयारीमा छन्। 

    भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली पुगेका खनालले भारत भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गरेका थिए। भ्रमणमा द्विपक्षीय सम्बन्ध, व्यापार, ऊर्जा, पारवहन, लगानी तथा दुई देशबीचको सहकार्य विस्तारका विषयमा छलफल भएको जनाइएको छ। 

    परराष्ट्र मन्त्रालयसँग सम्बद्ध स्रोतहरूका अनुसार खनालको चीन भ्रमण चिनियाँ समकक्षीको निमन्त्रणामा हुन लागेको हो। भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध, आर्थिक सहकार्य, पूर्वाधार विकास तथा आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ। 

    भारत र चीन दुवै छिमेकी मुलुकसँग समान महत्वका साथ सम्बन्ध अघि बढाउने नेपालको परम्परागत कूटनीतिक अभ्यासलाई निरन्तरता दिन खनालको लगातार हुने यी दुई भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। 

    परराष्ट्रमन्त्री खनालको भारतपछि चीन भ्रमणले नेपालले दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम राख्ने नीतिलाई थप स्पष्ट बनाउने विश्लेषण गरिएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij