२०८३, आश्विन १ गते

Sep 17 2026

लामिछानेले समसामयिक राजनीतिक अवस्थाबारे सर्वदलीय बैठक गर्नु सकारात्मक: पुन

लामिछानेले समसामयिक राजनीतिक अवस्थाबारे सर्वदलीय बैठक गर्नु सकारात्मक: पुन

रोज नेपाल
सोमवार, जेठ २५ २०८३
रोज नेपाल
सोमवार, जेठ २५ २०८३
  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपालले भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुर्ने विपक्षी दलको अडान कायमै रहेको बताएका छन् ।

    आज बसेको प्रतिनिधिसभाको बैठकमा पुनले प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा आएर भन्न खोजेको आशयको बारेमा रोष्टममा उभिएर बताउनुपर्ने बताए ।

    उनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समसामयिक राजनीतिक अवस्थाबारे सर्वदलीय बैठक गर्नु सकारात्मक रहेको बताए ।

    उनले सदन नियमित चलोस् भन्नेमा आफूहरू रहेको बताउँदै सदनमा आएका विषयमा स्पष्ट पारिनुपर्ने धारणा राखे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij