२०८३, आश्विन २ गते

Sep 18 2026

युवा व्यवसायी कार्की युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट सम्मानित

युवा व्यवसायी कार्की युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट सम्मानित

बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२
  • बैंकक – थाइल्याण्डका सफल युवा व्यवसायी एवम् सामाजिक व्यक्तित्व थाई नेपाली संघका पूर्व अध्यक्ष कुमार कार्की युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट सम्मानित भएका छन ।

    नेचर इन्टरनेशनल पीस (युएनआईपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा सोमबार थाइल्याण्डको राजधानी बैंककस्थित प्रिन्सटन होटलमा आयोजित बिशेश कार्यक्रममा युएनआईपी थाइल्याण्ड अध्यक्ष डा। श्रीवान किङ्जुन भिक्षु डा राजु लामा पी कोन्दन कार्यक्रम संयोजक सरोज ओझा लगाएतले समाजसेवी कार्कीलाई सामाजिक सेवा योगदान सम्मानित गरेको हो ।

    सम्मानित कार्की म्यानमारमा जन्मिएर थाइल्याण्डलाई कर्मभूमि बनाई विगत लामो समयदेखि थाइल्याण्डमा विभिन्न पेशा गरेर वसिरहेका छन् ।आफूलाई नेपाली भन्न पाउँदा गर्व गर्दै पितृको देश नेपाल नेपाली भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्दै समुन्नत नेपाल निर्माणको लागि विभिन्न क्षेत्रमा सक्रिय छन।

    चर्चित र लोकप्रिय इमानदार र शालिन व्यक्तित्व कार्कीको नेपालमा महाविनाशकारी भूकम्पको समयमा राहत,पून उद्दार र पूर्न निर्माणको काम गर्ने जस्ता मानवीय कार्यमा समेत उच्च योगदानको रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij