२०८३, आश्विन २ गते

Sep 18 2026

झुम्का कारागारमा एक जना थुनुवाको मृत्यु

झुम्का कारागारमा एक जना थुनुवाको मृत्यु

बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२
  • सुनसरीको झुम्का कारागारमा एक जना थुनुवाको मृत्यु भएको छ।

    सप्तरी राजविराज नगरपालिका-८ का ४६ वर्षीया जलेश्वर यादवको बुधबार साँझ मृत्यु भएको हो। 

    अचानाक ज्वरो आएर स्वासप्रस्वास बढेर गाह्रो भएपछि उपचार हुँदाहुँदै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए। 

    उनी जबरजस्ती करणी मुद्दामा ५/६ महिनादेखि पुर्पक्ष थुनामा छन्। 

    एसपी तिमल्सिनाका अनुसार कारागारमा भएका कैदी र थुनुवाहरूमा एक्कासि उच्च ज्वरो आउने, स्वासप्रस्वास समस्या हुने, वान्ता हुने लक्षणहरू देखा परेका छन्। सम्पूर्ण कैदीहरू एक्कासि बिरामी भए पनि बुधबार राति नै सबैको स्वास्थ्य परीक्षण गरेर औषधि खुवाइएको छ। 

    'अहिले पनि प्रहरी चिकित्सक र जिल्ला स्वास्थ्यकर्मीहरू खटिरहनु भएको छ। अहिलेसम्म के कारणले सबै बिरामी परे भन्नेबारे थाहा पाइएको छैन,' एसपी तिमल्सिनाले भने।

    मृतक यादवको शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमर्टम भएर  परिवारको जिम्मा लगाइएको उनले बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij