काठमाडौं । सानै उमेरमा आफ्नो असाधारण प्रतिभा र कलात्मक क्षमताले सबैको ध्यान तानिरहेका बालप्रतिभा सम्राट सिं टण्डन यतिबेला नयाँ गीत “साँच्चै तिमी भगवान हौ बाबा–आमा” मार्फत सांगीतिक बजारमा चर्चाको केन्द्र बन्न थालेका छन्। बाबा–आमाप्रतिको सम्मान, माया, त्याग र समर्पणलाई अत्यन्त भावुक ढंगले प्रस्तुत गरिएको यस गीतले छोटो समयमै दर्शक तथा श्रोताको मन छुने काम गरेको छ।
आजको व्यस्त र स्वार्थ केन्द्रित समाजमा आमाबाबाको योगदानलाई बिर्सने प्रवृत्ति बढिरहेका बेला सम्राटले आफ्नो सुमधुर स्वरमार्फत “बाबा–आमा नै सन्तानका लागि साक्षात् भगवान हुन्” भन्ने सन्देश दिएका छन्। गीत सुन्ने जो–कोहीलाई आफ्ना अभिभावकप्रतिको माया र सम्मान झन् गहिरो बनाउने शक्ति यस गीतमा रहेको श्रोताहरू बताउँछन्।
गीतमा सम्राट सिं टण्डन र पुजा देवकोटा को आवाज रहेको छ भने शब्द तथा संगीत तिलक बस्नेत ले सिर्जना गरेका हुन्। गीतलाई चर्चित संगीत संयोजक सुदिप सागर ले एरेन्ज गरेका छन्। भावनाले भरिएको शब्द र मन छुने संगीतको संयोजनले गीतलाई अझ प्रभावशाली बनाएको छ।
म्युजिक भिडियोको निर्देशन सिर्जन बराल ‘ऋषि’ ले गरेका छन्। भिडियोमा परिवारभित्रको आत्मीय सम्बन्ध, अभिभावकको संघर्ष र सन्तानप्रतिको निस्वार्थ प्रेमलाई जीवन्त ढंगले चित्रण गरिएको छ। भिडियोको सम्पादन टेकेन्द्र शाह ले गरेका छन् भने छायांकन चक्रबहादुर बराल को रहेको छ।
भिडियोमा लोकबहादुर टण्डन, हिमा टण्डन, सम्राट सिं टण्डन, पुजा देवकोटा र सान्वी टण्डन को अभिनय रहेको छ। कलाकारहरूको स्वाभाविक अभिनय र भावनात्मक प्रस्तुतीले गीतको सन्देशलाई अझ प्रभावकारी बनाएको छ।
विशेषगरी सम्राट सिं टण्डनको आत्मविश्वासी प्रस्तुति, गायन क्षमता र अभिनयले उनको उज्ज्वल सांगीतिक भविष्यको संकेत गरेको छ। सानै उमेरमा गायन, अभिनय र प्रस्तुतीकरणमा देखाएको बहुप्रतिभाले उनलाई आगामी दिनका सम्भावनाशील कलाकारका रूपमा स्थापित गर्ने संकेत देखिएको छ।
बाबा–आमाको माया, त्याग र संघर्षलाई सम्मान गर्दै तयार पारिएको “साँच्चै तिमी भगवान हौ बाबा–आमा” केवल एउटा गीत मात्र होइन, प्रत्येक सन्तानले आफ्ना अभिभावकप्रति व्यक्त गर्नुपर्ने कृतज्ञताको भावनात्मक अभिव्यक्ति बनेको छ। यही कारणले पनि यो गीतले दर्शकको आँखामा आँसु र मनमा सम्मानको भावना एकसाथ जगाइरहेको छ।
https://youtu.be/231wD842ePM?t=2
