२०८३, कार्तिक २० गते

Nov 05 2026

बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना : सात जनाको ज्यान गयो, उद्धार कार्य जारी

बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना : सात जनाको ज्यान गयो, उद्धार कार्य जारी

शुक्रवार, जेठ २९ २०८३
शुक्रवार, जेठ २९ २०८३
  • काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोट क्षेत्रमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

    बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट दुर्घटनामा परेको हो। दुर्घटनामा सात जनाले घटनास्थलमै ज्यान गुमाएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

    Messenger_creation_8B8BFEC5-D17F-445C-B57A-D9EA129304F0.jpeg

    दुर्घटनापछि स्थानीयवासी, प्रहरी तथा उद्धारकर्मी घटनास्थलमा परिचालित भएका छन्। घाइतेहरूको उद्धार गरी नजिकका स्वास्थ्य संस्थामा पठाउने काम भइरहेको बताइएको छ। दुर्घटनाको कारण भने तत्काल खुल्न सकेको छैन।

    Messenger_creation_529AAEEB-97A1-4CF5-8F2F-424891360C0A.jpeg

    मृतक तथा घाइतेहरूको पहिचान गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको र आधिकारिक तथ्याङ्क प्राप्त भएपछि जानकारी अद्यावधिक गरिने जनाइएको छ।

    दुर्घटनाप्रति स्थानीयवासीले दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।

    Messenger_creation_3878880D-2DDA-454B-A4BB-0ABD8ED88526.jpeg
    Messenger_creation_FF5DE89F-0292-46E4-B733-BA665A4EFC28.jpeg

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij