काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलरको मूल्य १५२ रुपैयाँको हाराहारीमा कायम भएको छ।
राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ। यस्तै, युरो, पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको विनिमयदर पनि उच्च स्तरमै कायम रहेको छ।
आज एक युरोको खरिददर १७५ रुपैयाँ ८० पैसा तथा बिक्रीदर १७६ रुपैयाँ ५० पैसा रहेको छ भने बेलायती पाउण्डको खरिददर २०३ रुपैयाँ ७३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ५४ पैसा तोकिएको छ। स्वीस फ्रयाङ्कको खरिददर १९० रुपैयाँ ७८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५३ पैसा कायम गरिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलरको १०८ रुपैयाँ ५८ पैसा र सिङ्गापुर डलरको ११८ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ।
एसियाली मुद्रातर्फ जापानी येन (१० एकाइ) को खरिददर ९ रुपैयाँ ४८ पैसा, चिनियाँ युआनको २२ रुपैयाँ ४६ पैसा तथा दक्षिण कोरियाली वन (१०० एकाइ) को १० रुपैयाँ कायम गरिएको छ।
खाडी मुलुकका मुद्रामा साउदी रियालको खरिददर ४० रुपैयाँ ४७ पैसा, कतारी रियालको ४१ रुपैयाँ ६६ पैसा, यूएई दिरामको ४१ रुपैयाँ ३५ पैसा, कुवेती दिनारको ४९४ रुपैयाँ ३२ पैसा, बहराइन दिनारको ४०२ रुपैयाँ ७८ पैसा तथा ओमानी रियालको ३९४ रुपैयाँ ४७ पैसा रहेको छ।
यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदरमा परिवर्तन हुन सक्ने उल्लेख गर्दै कारोबारअघि सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट अद्यावधिक दर बुझ्न आग्रह गरेको छ।
