काठमाडौं । जुवा खेलिरहेको अवस्थामा रत्ननगर नगरपालिका–१६ भद्रकालीस्थित बङ्गुर फर्ममा जुवा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका–१६ बस्ने ६० वर्षीय हरि थापामगर लगाएत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई नगद ३ लाख ३३ हजार ५ सय रूपैयाँ र कौडा १६ थानसहित इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
