२०८३, आश्विन १ गते

Sep 17 2026

आज सातै प्रदेशमा वर्षाको सम्भावना

आज सातै प्रदेशमा वर्षाको सम्भावना

रोज नेपाल
मंगलवार, आषाढ २ २०८३
रोज नेपाल
मंगलवार, आषाढ २ २०८३
  • काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    जसको प्रभावले हाल देशको हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशको तराई भूभागमा साधरणतया बादल तथा मधेस प्रदेशमा आंशिक बादल लागेको छ। 

    आज दिउसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।  मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।  

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा  तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भूभागको एक–दुई स्थानमा पनि चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ । 

    आज राति देशको हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल तथा  अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij