काठमाडौँ । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–१ मिर्जापुर क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
नियमित गस्तीका क्रममा प्रहरी चौकी मिर्जापुरबाट परिचालित टोलीले नहरको खाल्डो नजिक शंकास्पद अवस्थामा राखिएका पोका फेला पारेको थियो। जाँच गर्ने क्रममा ती पोकाभित्र करिब ३७० किलोग्राम गाँजा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा २५ वटा पोकामा प्याक गरी लुकाएर राखिएको अवस्थामा भेटिएको थियो। घटनास्थलमा गाँजा राख्ने व्यक्ति वा समूह भने पहिचान हुन नसकेको बताइएको छ।
प्रहरीले बरामद गाँजालाई नियन्त्रणमा लिई घटनाको स्रोत तथा संलग्न व्यक्तिहरूको खोजीका लागि थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।