२०८३, कार्तिक १९ गते

Nov 04 2026

रास्वपा सचिवालय बैठक सुरु

रास्वपा सचिवालय बैठक सुरु

बिहिवार, आषाढ ४ २०८३
बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी रहेको छ । पार्टीको संगठनात्मक संरचना, आगामी महाधिवेशनको तयारी तथा नीतिगत विषयहरूमा केन्द्रित रहेर बैठक अघि बढिरहेको बताइएको छ ।

    बैठकमा मुख्य रूपमा आउँदो महाधिवेशनलाई व्यवस्थित बनाउन आवश्यक तयारी, पार्टी विधानमा गर्नुपर्ने संशोधन तथा महाधिवेशन कार्यविधिसम्बन्धी विषयमा छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ ।

    रास्वपाले असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन गर्ने तयारी गरिरहेको छ । सो महाधिवेशनलाई सफल बनाउन आवश्यक निर्णय तथा कार्ययोजना सचिवालय बैठकमार्फत अन्तिम रूप दिने तयारी गरिएको छ ।

    पार्टीले संगठन सुदृढीकरणसँगै आगामी राजनीतिक रणनीति र आन्तरिक संरचनालाई थप स्पष्ट बनाउने उद्देश्यले छलफललाई प्राथमिकतामा राखेको बताइएको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij