२०८३, आश्विन १ गते

Sep 17 2026

बस दुर्घटनाको पीडामा रोशी गाउँपालिका, भोलि सार्वजनिक शोक बिदा

बस दुर्घटनाको पीडामा रोशी गाउँपालिका, भोलि सार्वजनिक शोक बिदा

बिहिवार, आषाढ ४ २०८३
बिहिवार, आषाढ ४ २०८३
  • काभ्रेपलाञ्चोक । विपी राजमार्गमा भएको बस दुर्घटनामा गाउँपालिकाका बासिन्दासहित आठ जनाको ज्यान गएपछि रोशी गाउँपालिकाले भोलि (शुक्रबार) एक दिन सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ।

    गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गाउँपालिका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा मातहतका सबै सरकारी कार्यालयमा शोक बिदा दिइने भएको हो।

    गाउँपालिकाले दुर्घटनामा मृत्यु भएका स्थानीयका परिवारलाई किरिया खर्चस्वरूप प्रतिपरिवार ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरेको जनाएको छ।

    गत शुक्रबार बनेपाबाट रोशी गाउँपालिका–८ को खार्पाचोक र वडा नम्बर–६ स्थित सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस विपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडामा दुर्घटनामा परेको थियो।

    दुर्घटनामा रोशी गाउँपालिका–६ का तीन जना, वडा नम्बर–७ का एक जना र वडा नम्बर–८ का एक जनासहित स्थानीय तहका छ जना तथा सिन्धुलीको घ्याङ्लेख र दैलेखका एक/एक जनाको मृत्यु भएको थियो।

    उक्त दुर्घटनामा १६ जना घाइते भएका थिए। घाइतेमध्ये ६ जना उपचारपछि घर फर्किसकेका छन् भने बाँकी १० जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। उपचाररतमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

    दुर्घटनापछि शोकमा डुबेको गाउँपालिकाले पीडित परिवारलाई राहत र सहायताका कार्यक्रमसमेत अघि बढाएको जनाएको छ।

    IMG_20260618_182355.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij