२०८३, आश्विन १ गते

Sep 17 2026

योगको विश्वव्यापी उत्सव : आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

योगको विश्वव्यापी उत्सव : आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

आइतवार, आषाढ ७ २०८३
आइतवार, आषाढ ७ २०८३
  • काठमाडौं ।सन्देशसहित आज विश्वभर अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रमका साथ मनाइँद। शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनको हरेक वर्ष जुन २१ मा मनाइने यो दिवसले योगको महत्वलाई विश्व समुदायसम्म पुर्‍याउने उद्देश्य राखेको छ। मानव स्वास्थ्य, मानसिक शान्ति र जीवनशैली सुधारमा योगको भूमिकालाई उजागर गर्न विश्वका विभिन्न मुलुकमा विशेष कार्यक्रम आयोजना गरिन्छन्।

    संयुक्त राष्ट्रसंघले सन् २०१४ मा प्रस्तुत गरिएको प्रस्तावलाई सदस्य राष्ट्रहरूको व्यापक समर्थन प्राप्त भएपछि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मान्यता दिएको थियो। त्यसयता सन् २०१५ देखि यो दिवस नियमित रूपमा मनाउन थालिएको हो।

    यस अवसरमा विभिन्न देशमा सामूहिक योग अभ्यास, स्वास्थ्य सचेतना अभियान, प्रशिक्षण कार्यक्रम तथा अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गरिन्छन्। योगले शरीरलाई तन्दुरुस्त राख्न, मानसिक तनाव कम गर्न र स्वस्थ जीवनशैली अपनाउन सहयोग पुर्‍याउने विश्वास गरिन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij