२०८३, आश्विन २ गते

Sep 18 2026

सार्वजनिक एक होटल कार्यक्रममा विवाद: वडाध्यक्षमाथि मुक्का प्रहार, पत्रकार ऐश्वर्या कुँवर पक्राउ

सार्वजनिक एक होटल कार्यक्रममा विवाद: वडाध्यक्षमाथि मुक्का प्रहार, पत्रकार ऐश्वर्या कुँवर पक्राउ

रोज नेपाल
सोमवार, आषाढ ८ २०८३
रोज नेपाल
सोमवार, आषाढ ८ २०८३
  • कञ्चनपुर । कञ्चनपुरस्थित एक होटलमा आयोजित सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात भएको घटनापछि पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । उनी आभासडटकमकी अध्यक्ष तथा कार्यकारी सम्पादक पनि हुन् ।

    भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि कार्यक्रमकै क्रममा मुक्का प्रहार भएको भिडियो सार्वजनिक भएपछि घटना विवादमा तानिएको हो । सोही भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ, जसमा कुँवरले वडाध्यक्षमाथि हातपात गरेको दृश्य देखिन्छ ।

    प्रहरीका अनुसार घटनाबारे उजुरी परेपछि उनलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेकबहादुर रावतले घटनाको प्रारम्भिक अनुसन्धानका लागि कुँवरलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

    वडाध्यक्ष देवकोटाले कुँवरविरुद्ध अभद्र व्यवहारसम्बन्धी किटानी जाहेरी दिएका छन् । सोही आधारमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

    घटनाको कारण र पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij