२०८३, कार्तिक २० गते

Nov 05 2026

जिसस जुम्लाको कम्पाउन्डमा भेटियो द्वन्द्वकालीन समयको सकेट बम

जिसस जुम्लाको कम्पाउन्डमा भेटियो द्वन्द्वकालीन समयको सकेट बम

आइतवार, भाद्र २२ २०८२
आइतवार, भाद्र २२ २०८२
  • काठमाडौं । जुम्लामा द्वन्द्वकालीन सयममा प्रयोग गर्न बनाइएको सकेट बम फेला परेको छ । जिल्ला समन्वय समिति जुम्लाको भवन निर्माणमा संलग्न मजदुरहरूले उक्त सकेट बम फेला पारेका हुन् ।

    शनिबार बेलुका भवन निर्माणमा संलग्न मजदुरहरूले जग खन्ने क्रममा बम फेला पश्चात प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले द्वन्द्वकालीन समयमा जीआई पाइपबाट निर्मित खिया लागेको अवस्थामा सकेट बम फेला परेको बताए ।

    उनका अनुसार समन्वयको भवन निर्माणस्थलमा तत्कालीन विद्रोही समूह नेकपा (माओवादी) र राज्यपक्षबीच दोहोरो भिडन्त भएको थियो । फेला परेको बम तत्कालीन जिल्ला विकास समितिको भवनमा माओवादीले आक्रमण गर्दाको हुसक्ने जनाइएको छ ।

    उक्त सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले आइतबार निस्क्रिय पारिसकेको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij