२०८३, कार्तिक २० गते

Nov 05 2026

आज सुन र चाँदी दुवैको मुल्यूमा गिरावट

आज सुन र चाँदी दुवैको मुल्यूमा गिरावट

रोज नेपाल
मंगलवार, आषाढ ९ २०८३
रोज नेपाल
मंगलवार, आषाढ ९ २०८३
  • काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार ६०० रुपैयाँले घट्दै प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

    यसअघि सोमबार सुनको भाउ १ हजार ४०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँ पुगेको थियो। त्यसअघिको दिन भने सुनको मूल्य २ लाख ८७ हजार ३०० रुपैयाँमा रहेको थियो।

    त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १४० रुपैयाँले घट्दै ४ हजार ५९० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ। सोमबार चाँदी ४ हजार ७३० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

    बजारमा पछिल्ला दिनहरूमा सुन–चाँदीको मूल्य निरन्तर उतारचढाव भइरहेको देखिएको छ।

     

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij