काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार नेपाली रुपैयाँको तुलनामा प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको मूल्यमा सामान्य उतारचढाव देखिएको छ।
आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७७ पैसा तोकिएको छ। त्यसैगरी, युरो एकको खरिददर १७१ रुपैयाँ ४९ पैसा तथा बिक्रीदर १७२ रुपैयाँ १८ पैसा कायम गरिएको छ।
बेलायती पाउण्ड स्टर्लिङको खरिददर १९८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९९ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ भने स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ र बिक्रीदर १८६ रुपैयाँ ७४ पैसा रहेको छ।
अन्य प्रमुख मुद्रातर्फ अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५८ पैसा तय गरिएको छ। क्यानेडियन डलरको खरिददर १०६ रुपैयाँ २५ पैसा तथा बिक्रीदर १०६ रुपैयाँ ६७ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८५ पैसा कायम भएको छ।
जापानी येन १० एकाइको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ। त्यस्तै, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २० पैसा र बिक्रीदर २२ रुपैयाँ २८ पैसा रहेको छ।
खाडी मुलुकका मुद्रातर्फ साउदी रियाल एकको खरिददर ४० रुपैयाँ २७ पैसा र बिक्रीदर ४० रुपैयाँ ४३ पैसा तोकिएको छ। कतारी रियालको खरिददर ४१ रुपैयाँ ४७ पैसा तथा बिक्रीदर ४१ रुपैयाँ ६४ पैसा कायम गरिएको छ। युएई दिराम एकको खरिददर ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३२ पैसा रहेको छ।
यसैगरी, थाई भाट एकको खरिददर ४ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर समय–समयमा परिमार्जन गर्न सकिने उल्लेख गरेको छ।
