२०८३, आश्विन १ गते

Sep 17 2026

निर्जला एकादशी आज : तुलसी दल राख्दै धार्मिक आस्था र परम्परा संरक्षण

निर्जला एकादशी आज : तुलसी दल राख्दै धार्मिक आस्था र परम्परा संरक्षण

बिहिवार, आषाढ ११ २०८३
बिहिवार, आषाढ ११ २०८३
  • काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूले आज निर्जला एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदै घर–घरका तुलसी मठमा तुलसीको दल राख्ने परम्परा निर्वाह गरेका छन्।

    हरेक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन मनाइने निर्जला एकादशी धार्मिक दृष्टिले विशेष महत्वको पर्व मानिन्छ। यस अवसरमा तुलसीको दल राख्ने तथा हरिवोधिनी र हरिशयनी एकादशीसँग जोडिएको धार्मिक परम्परालाई निरन्तरता दिने गरिन्छ।

    धार्मिक मान्यताअनुसार आज राखिएको तुलसीको दल एक महिनापछि पर्ने आषाढ शुक्ल एकादशी, अर्थात् हरिशयनी एकादशीका दिन रोप्ने गरिन्छ। त्यसपछि कार्तिक शुक्ल एकादशीसम्म तुलसीको विशेष पूजा–आराधना गरिन्छ। यही अवधिलाई ‘चतुर्मास’ भनिन्छ, जुन भगवान विष्णुको विश्रामकालका रूपमा समेत चिनिन्छ।

    चतुर्मासभर स्नान, पूजन, जप तथा दान–पुण्यका कार्य गरे मनोकामना पूरा हुने विश्वास रहेको छ। तुलसीलाई धार्मिक रूपमा पवित्र वनस्पतिको रूपमा सम्मान गरिने मात्र होइन, आयुर्वेदमा पनि महत्वपूर्ण औषधीय गुण भएको बिरुवाका रूपमा लिइन्छ।

    स्वास्थ्यका दृष्टिले पनि लाभदायक मानिने तुलसी विभिन्न रोगको उपचारमा प्रयोग हुँदै आएको छ। वातावरणीय सन्तुलन र स्वच्छतामा समेत यसको सकारात्मक भूमिका रहेको वैज्ञानिक अध्ययनहरूले देखाएका छन्।

    निर्जला एकादशीको अवसरमा देशभर रहेका नारायण तथा विष्णु मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। भक्तजनहरूले व्रत, पूजा र दर्शनमार्फत धार्मिक आस्था व्यक्त गरिरहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij