२०८३, आश्विन १ गते

Sep 17 2026

रास्वपाको महाधिवेशन- ६८.६ प्रतिशतले मात्र मतदान

रास्वपाको महाधिवेशन- ६८.६ प्रतिशतले मात्र मतदान

रोज नेपाल
बिहिवार, आषाढ ११ २०८३
रोज नेपाल
बिहिवार, आषाढ ११ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा कुल प्रतिनिधिमध्ये १ हजार ३५२ जनाले मतदान नगरेको तथ्य सार्वजनिक भएको छ।

    निर्वाचन समितिका अनुसार महाधिवेशनमा कुल ४ हजार ३११ प्रतिनिधि सहभागी हुने सूची रहेकामा २ हजार ९५९ मत मात्रै खसेको छ। यस आधारमा १ हजार ३५२ प्रतिनिधि मतदान प्रक्रियामा सहभागी नभएको देखिएको हो।

    मतदानमा अपेक्षाभन्दा कम सहभागिता देखिएपछि यसको कारणबारे पार्टीभित्र र बाहिर चासो बढेको छ। प्रतिनिधिहरूको अनुपस्थिति, मतदान प्रक्रियाप्रतिको असन्तुष्टि, व्यवस्थापन पक्ष वा अन्य आन्तरिक कारणले मतदान प्रतिशत प्रभावित भएको हुन सक्ने चर्चा भइरहेको छ।

    कुल प्रतिनिधिको करिब ६८.६ प्रतिशतले मतदान गर्दा ३१.४ प्रतिशत प्रतिनिधि मतदानबाट बाहिर रहे। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij