२०८३, आश्विन २ गते

Sep 18 2026

आज असार १५ : राष्ट्रिय धान दिवससँगै दही–चिउरा खाने परम्परा

आज असार १५ : राष्ट्रिय धान दिवससँगै दही–चिउरा खाने परम्परा

रोज नेपाल
सोमवार, आषाढ १५ २०८३
रोज नेपाल
सोमवार, आषाढ १५ २०८३
  • काठमाडौं । आज असार १५ देशभर २३औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। यस वर्ष सरकारले ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित दिवस मनाएको हो।

    नेपालको कृषि अर्थतन्त्रमा धानबालीको विशेष महत्त्व रहे पनि उन्नत तथा हाइब्रिड धानको बिउमा विदेशी आयातप्रतिको निर्भरता अझै कायम छ। स्वदेशमै पर्याप्त बिउ उत्पादन हुने दाबी गरिए पनि किसानको रोजाइ आयातित बिउतर्फ बढ्दै जाँदा हरेक वर्ष ठूलो रकम विदेशिने अवस्था रहेको छ। यसले धान उत्पादनमा आत्मनिर्भरताको लक्ष्य हासिल गर्न अझै चुनौती रहेको देखाउँछ।

    असार १५ नेपाली समाजमा कृषि संस्कृतिसँग जोडिएको विशेष दिन हो। वर्षायाममा धान रोपाइँको चहलपहलसँगै खेतमा रमाइलो गर्दै रोपाइँ गर्ने र दही–चिउरा खाने परम्परा आज पनि उत्तिकै लोकप्रिय छ। कृषिमा प्रत्यक्ष संलग्न नभएका धेरै नेपालीले पनि यस दिन दही–चिउरा खाएर पर्व मनाउने गर्छन्।

    नेपाली संस्कृतिमा दहीलाई शुभताको प्रतीक मानिन्छ। नयाँ काम सुरु गर्दा, यात्रा वा विदेश प्रस्थान गर्नुअघि दही र अक्षता लगाएर शुभकामना दिने तथा सगुनका रूपमा दही खुवाउने परम्परा अझै जीवित छ। दही खाएर यात्रा सुरु गर्दा राम्रो हुने जनविश्वास पनि रहिआएको छ।

    स्वाद र संस्कृतिसँग मात्र नभई स्वास्थ्यसँग पनि दहीको सम्बन्ध छ। पोषक तत्व र लाभदायी जीवाणु (प्रोबायोटिक्स) का कारण दहीलाई पाचन प्रणालीका लागि लाभदायक खाद्य पदार्थका रूपमा समेत लिइन्छ।

    धान दिवसले नेपाली कृषि, किसानको योगदान र खाद्य सुरक्षाको महत्त्व स्मरण गराउने अवसर प्रदान गर्नुका साथै कृषि उत्पादनमा आत्मनिर्भर बन्ने आवश्यकतामाथि पनि ध्यान केन्द्रित गराएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij