२०८३, कार्तिक २० गते

Nov 05 2026

हाम्रो अकर्मण्यता र अपरिपक्व सोचको दोष शासकीय स्वरूपलाई थोपर्न गलत- आङदेम्बे

हाम्रो अकर्मण्यता र अपरिपक्व सोचको दोष शासकीय स्वरूपलाई थोपर्न गलत- आङदेम्बे

रोज नेपाल
मंगलवार, आषाढ १६ २०८३
रोज नेपाल
मंगलवार, आषाढ १६ २०८३
  • काठमाडौँ : नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्कता भएको बताएका छन् ।

    ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको बलिदानीबाट प्राप्त उपलब्धिलाई संकटमा पार्ने काम कसैबाट पनि हुन नहुनेमा जोड दिएका हुन् ।

    आङदेम्बेले नेतृत्वको अकर्मण्यता र सोचको कमीलाई ढाकछोप गर्न शासकीय स्वरूपमाथि प्रश्न उठाउने गरिएको टिप्पणीसमेत गरे । सात प्रदेश र तीन तहको सरकारसहितको वर्तमान संघीय संरचना नेपाली जनताको लामो सङ्घर्षको ऐतिहासिक निष्कर्ष भएको भन्दै उनले कुनै लहर, आवेग वा उत्तेजनाका भरमा यसलाई अनिर्णयको बन्दी बनाउन नहुने चेतावनी दिए ।

    ‘आज हामी त्यही शासकीय स्वरूपमाथि धावा बोल्ने ठाउँतर्फ फर्किएर गएको जस्तो अनुभूति भइरहेको छ, जुन राम्रो होइन,’ आङदेम्बेले भने, ‘हाम्रो अकर्मण्यता र अपरिपक्व सोचको दोष शासकीय स्वरूपलाई थोपर्न थाल्यौँ । अभ्यास नै नगरीकन प्रश्न उठाउनु गलत हो ।’

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij