२०८३, आश्विन १ गते

Sep 17 2026

चार प्रदेशमा आज भारी वर्षाको चेतावनी, सतर्क रहन मौसमविद्को आग्रह

चार प्रदेशमा आज भारी वर्षाको चेतावनी, सतर्क रहन मौसमविद्को आग्रह

रोज नेपाल
शनिवार, आषाढ २० २०८३
रोज नेपाल
शनिवार, आषाढ २० २०८३
  • काठमाडौं । देशभर मनसुन सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अहिले सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली देखिएको छ।

    हाल बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्छ। तराईका केही जिल्लामा पनि चट्याङसहित वर्षा पर्ने अनुमान गरिएको छ।

    महाशाखाका अनुसार रातिको समयमा पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना छैन। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा जारी रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रमा केही स्थानमा हिमपातको सम्भावना पनि रहेको छ।

    विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षासँगै बाढी, पहिरो, डुबान तथा सडक अवरुद्ध हुने जोखिम रहने भएकाले यात्रा र दैनिक गतिविधिमा सावधानी अपनाउन पनि सुझाव दिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij